साहित्यमा आफुलाई खोज्दै सरिता

साहित्यमा आफुलाई खोज्दै सरिता

विराटनगर । साहित्य क्षेत्रमा आउने अधिकांश मानिसहरु कलम चलाएर नाम कमाउने उद्देश्यले आउने गर्छन् । तर, साहित्यकार सरिता तुलाधर घरको बन्द चार दिवालबाट बाहिर निस्केर केहि गर्ने सोचले साहित्य क्षेत्रमा आइपुगिन् । सरल शब्दका सुन्दर कविता, गजल तथा गीत रचना प्रस्तुत गर्ने गर्छिन् तुलाधर ।
वि.सं. २०२२ साल पुस १८ गते भोजपुरको टक्सालमा उनको जन्म भएको थियो । उनले धरानस्थित महेन्द्र बहुमुखि क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तहसम्मको शिक्षा हाँसिल गरेकी छिन् ।

वि.सं. २०४५ साल जेष्ठ २५ गते उमेशबहादुर तुलाधरसँग वैवाहिक बन्धनमा बाँधिएकी तुलाधर चुलोचौकाबाट माथि उठेर केही गर्न चाहन्थिन् । पुराना विचार भएको उनको परिवारले उनलाई बाहिर गएर काम गर्ने अनुमति दिन सकेन ।

मनमा चाहना, केही गर्न सक्ने सामथ्र्य हुदाँहँुदै पनि उनी घरको चुलोचौकामा सिमित हुँदै थिइन् । आर्थिक रुपमा सम्पन्न उनको परिवारमा केही कुराको अभाव थिएन । तर उनी केही गर्न चाहन्थिन् । आफ्नो पहिचान आफै बनाउन चाहन्थिन् । जुन कुरा परिवारलाई स्वीकार्य थिएन ।
बाहिर गएर काम गर्ने माहोल नभएछि घरमै बसेर केही गर्ने सोच बनाइन तुलाधरले । तर, के गर्ने भन्ने कुरामा उनी अन्योलमै थिइन् ।
उनले भनिन् ‘एक दिन टिभिमा महिला साहित्यकारको अन्तर्वार्ता दिइरहेको थियो ।’ ‘घरै बसेर कलम चलाएर पनि केही गर्न सकिने रहेछ भन्ने सोच मनमा आयो ।’

बाहिर गएर काम गर्ने धेरै प्रयास गर्दा पनि घरको दवावले काम गर्न नसकेको उनले सुनाइन् । उनले भनिन, ‘घरमा बसेरै साहित्य क्षेत्रमा केही गर्न मिल्ने रहेछ, म पनि लेख्छु भनेर तत्कालै एउटा कविता लेखे ।’
आफूले लेखेको कविता तत्कालै पढेर छोरीलाई सुनाएपछि छोरीले आफूलाई पढाउने शिक्षिका सविता गौतमसँगको सम्पर्कमा जान सुझाव दिइन् । शिक्षिका गौतम वाणी प्रकाशनको कवि गोष्ठिमा जाने कुरा छोरिले उनलाई सुनाएकी हुन् । घरदेखि निस्कने माहोल नभएका कारण कहाँ जाने थाहा थिएन उनलाई । छोरीले कविता गोष्ठिमा लगेर सविता गौतमसँग परिचय गराइ दिइन् । त्यहाँबाट उनको साहित्य क्षेत्रको आरम्भ भयो । उनका दुई छोरी र एक छोरा छन् ।

त्यस कार्यक्रमलाई निरन्तरता दिदै गइन् तुलाधर, उनको पहिलो कविता ‘खाते’ वि.सं.२०७१ सालमा दर्शन दैनिक पत्रिकामा प्रकाशित भएको थियो । पत्रिकामा कविता प्रकाशित भएपछि छरछिमेकी तथा आफन्तहरुले उनको रचनाको तारिफ गर्दै हौसला प्रदान गरेपछि विस्तारै परिवारको पनि साथ मिल्न थाल्यो । उनले भनिन, ‘मलाई प्रेरणा टलिभिजनबाट मिल्यो ।’

तुलाधरको शुभारम्भ गीति एल्बम र कल्पवृक्ष गजल संग्रह प्रकाशित भएका छन् ।
२०७४ सालमा मिस नेवाबाट, झीः पुचबाट र विर्तामोड झापाबाट जंगविर सम्मान पत्र प्राप्त तुलाधरले गरिन् । त्यसै गरी उनीले ७६ सालमा बह्मचारी षडानन्द प्रतिष्ठानबाट पुरस्कार प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्