विराटका चारजना नर्समा कोरोना संक्रमण

<span class='c1'>विराटका चारजना नर्समा</span> <span class='c2'>कोरोना संक्रमण</span>

विराटनगर । विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पोजेटिभ देखिएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङ्गका आधारमा गरिएको स्वाब संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको हो ।

नर्सिङहोममा कार्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि भएसँगै विराट अस्पतालको संक्रमण जोखिम झन् बढ्ने देखिएको छ । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेत हुन् ।

विराटनगर ५ र १० नम्बर वडा र कोशी अस्पताल बस्ने समेत गरि चारजना रहेको महानगरका फोकल पर्सन हैदर अलीले जानकारी दिएका छन् । अस्पतालका ५८ कर्मचारीको स्वाब संकलन गरिएको थियो । तीमध्ये चारजनामा संक्रमण पुष्टि भएको हो । अस्पतालमा २५० संख्यामा कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्