ओखलढुंगा अस्पतालको गाडी, रंगेलीको बास !

ओखलढुंगा अस्पतालको गाडी, रंगेलीको बास !

रबिन्द्र बराल
रंगेली । जिल्ला अस्पताल ओखलढुंगाको गाडी तीन दिनदेखि रंगेलीमा बास बसेको छ । कोरोना संक्रमणले भयावह स्थिति सिर्जना भएको समयमा जिल्ला अस्पतालको गाडी भने मोरङको रंगेली–७ मा थन्किएको हो ।


सिद्धीचरण नगरपालिका–४ मा रुम्जाटारमा रहेको जिल्ला अस्पतालको प्रदेश १–०४–००१ झ ००१५ नम्बर अंकित गाडी मोरङमा बास बसेकोमा स्थानीयलाई समेत चकित परेका छन् । गाडी पछाडीको डालातर्फको भागमा फोटोकपी पेपरमा विवरण लेखिएको छ–श्री जिल्ला अस्पताल ओखलढुंगा प्रदेश १–०४–००१ झ ००१५ ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष देव सरकारी गाडी चढेर घर आउनु भएको थियो । अस्पतालको विशेष कामले विराटनगर आएको बताउनु हुने देव तीन दिनयता गाडी घरमै राखेर आराम गरिरहनु भएको हो ।

कोरोना संक्रमण महामारीको समयमा सरकारी गाडी लिएर घर आएका डाक्टरले आफ्नै घरमा गाडी रोकेर राखेपनि स्थानीयहरुले त्यसको आलोचना गरेका छन् । उनीहरुले सरकारी गाडीको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यान आकर्षण हुनुपर्ने माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्