विराटनगर । विराटनगर १० मा रहेको बालाजी बाबोसा ट्रष्ट विराटनगरद्धारा मन्दिरमा रहेका पुजारी तथा श्रदालु भत्तजनहरुलाई मास्क वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम तथा सवधानी अपनाउनको लागी ट्रष्टले सोमबार महानगरभित्र रहेका विभिन्न मन्दिर परिसरमा पुगेर मास्क वितरण गरेको हो ।
कोरोनाभाइरसबाट ट्रष्टले विराटेस्वर शिव मन्दिर , बासुकी नाथ , श्रीबालाजी बाबोसा मन्दिर र देवकोटा चौकमा रहेको वंशखण्डी मन्दिरका पुजारी तथा श्रदालुभत्तजनहरुलाई एक हजार बढी मास्क वितरण गरिएको दिपेन्द्र दुगडले जानकारी दिनुभयो । यस अघि पनि विभिन्न भजन मण्डली कार्यक्रम सार्थ सामाजिक कार्यक्रम गर्दै आएको अध्यक्ष दुगडले बताउनुभयो ।