विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९४५ पुगेको छ । प्रदेश १ बाट ७४७ जना डिस्चार्ज भईसकेका छन् ।
प्रदेश १ मा आज ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।