विराटनगर । विराटनगरमा सोमबार फेला परेका तीन जना संक्रमित नयाँ रहेका छन् । विराटनगर–१२ का २ जना र विराटनगर–४ का १ जना संक्रमित नयाँ हुन् ।
विराट नर्सिङ होममा काम गर्ने चार जनासहित सोमबार सातजना संक्रमित फेला परेका छन् । विराटमा काम गर्ने चारजना नर्समध्येकै एकजना कोशीमा पनि काम गर्ने हुन् । उनीहरुको संक्रमित व्यक्तिसँगको सम्पर्कका आधारमा फेला परेको भएपनि बाँकी तीनजनाको हकमा थप अध्ययन गर्नुपर्ने भएको हो ।
विराटनगर महानगरका फोकल पर्सन हैदर अलीका अनुसार बाँकी तीन जनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । उनीहरु भारत वा तेसो मुलुकबाट आएको नभई विराटनगरमै रहेका हुन् । उनीहरुमा कसरी संक्रमित भए भन्ने कुरा खुलिनसकेको अलीले बताएका हुन् ।
उनीहरुको संक्रमण स्रोतको खोजि गर्नुपर्ने कामसँगै महानगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकालाई पुष्टि गर्न थप मद्दत पुग्ने छ ।