मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा जिल्ला÷नगर संघलाई स्वास्थ्य सामाग्री सहयोग

मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा जिल्ला÷नगर संघलाई स्वास्थ्य सामाग्री सहयोग

विराटनगर । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्दै गएपछि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश १ भित्रका जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई मास्क र स्यानीटाइजर उपलब्ध गराएका छन् ।
संघ र संगठनका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले दुईहजार मास्क र पाँच लिटरको जार तथा २४ बोतल स्यानिटाइजर उपलब्ध गराएका हुन् ।

 


मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पछिल्लो समयमा संक्रमण वढ्न सक्ने उच्च जोखिमलाई दृष्टिगत गर्दै दुवै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश नं १ भरिका सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई कोभिड १९ को संक्रमणबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु मास्क तथा स्यानीटाइजर सहयोग गरेको वताउनुभयो ।

यसैगरी संगठनका अध्यक्ष भीम घिमिरेले लामो समय जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसाय क्षेत्र नराम्रोसंग प्रभावित भएकोले सरकारले निर्दिष्ट गरेको सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने, सावुन पानीले हात धुने तथा स्यानीटाइजरको नियमित प्रयोग गर्ने जस्ता उपाहरु अवलम्वन गर्दै यसको संक्रमणबाट वच्नु पर्ने वताउनुभयो ।

दुवै संस्थाले आयोजना गरेको एक कार्यक्रममा पूर्व संघिय तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलाई ईलाम, पांचथर र ताप्लेजुङ जिल्लाको स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नु भयो भने बाँंकी रहेका अन्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई संगठन र संघका तर्फबाट उक्त सामाग्री पठाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्