झापा । झापा प्रहरीले मेचीनगर नगरपालिका–४ प्रसादगौंडाबाट एक हजार ४७० केजी सुपारी बरामद गरेको छ ।
नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएकोअवस्थामा सोमबार दिउँसो सुपारी बरामद गरेको हो ।
प्रहरीले विशेष सूचनाका आधारमा चार लाख ४१ हजार मूल्य बराबरको सुपारी बरामद गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनु भएको छ । बरामद सुपारी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइको छ ।