कोशी अस्पतालका कर्मचारीलाई अन्यन्त्र काम गर्न प्रतिबन्ध

कोशी अस्पतालका कर्मचारीलाई अन्यन्त्र काम गर्न प्रतिबन्ध

विराटनगर । कोशी अस्पताल प्रशासनले अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई यथास्थितिमा अन्य अस्पतालमा काम गर्न रोक लगाएको छ ।
यसअघि कोशी अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुले आफ्नै क्लिनिक सञ्चालन गर्दै आएका थिए । अन्य क्लिनिक, अस्पताल र नर्सिङ होमहरुमा काम गर्दै आएका थिए । अस्पतालका स्त्री रोग तथा प्रशुती विभाग अन्तर्गत पोस्टनेटल वार्डमा कार्यरत एक नर्स आशिंक रुपमा विराट नर्सिङ होममा कार्यरत थिइन् ।

विराटनगर अस्पतालका अध्यक्ष एवं स्त्री रोथ तथा प्रशुती रोग विशेषज्ञसंगै नर्सको कोरोना पोजेटिभ देखिएपछि अस्पताल प्रशासनले अन्य अस्पतालमा काम नगर्न चिकित्सक र नर्सहरुलाई पत्रचार गरेको हो ।
अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासले अन्य अस्पतालमा काम गरेको भेटिए चिकित्सक र नर्सलाई कारवाहीको दायरामा ल्याउने बताए ।

दासले भने,‘अस्पताल कार्यरत चिकित्सक र नर्सले आफ्नै क्लिनिक सञ्चालन गर्नपनि पाउँछन् र अन्यअस्पतालमा काम पनि पाउँछन् तर कोरोना महामारीको परिस्थितिमा अन्य अस्पतालबाट कोरोना भाइरसको संक्रमण कोशी अस्पतालमा सारेर ल्याएपछि अस्पताल प्रशासनले यथास्थिितिमा कुनै चिकित्सक र नर्सलाई अन्यथा काम गर्न प्रतिबन्ध लगाएको हो ।’

दासले यथापस्थतिमा चिकित्सक र नर्सलाई अन्य अस्पतालमा सेवा प्रदान नर्गन पत्र पठाएको छ । कोशी अस्पतालमा १ सयको हाराहारीमा चिकित्सक र २ सयभन्दा बढी नर्स कार्यरत छन् । यसैबीच कोशी अस्पताल र विराटनगर अस्पतालमा कार्यरत एक चिकित्सक सहित ५ नर्समा कोरोना फेला परेको छ । दुवै अस्पतालमा कर्मचारीहरुको स्वाव परीक्षणको नतिजा आउन बाकीँ रहेकोले संक्रमित चिकित्सम र जर्सको संख्या अझै बढ्न सक्ने देखिन्छ ।

कोशी अस्पतालको थर्माकोलोजी विचागमा कार्यरत चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई ज्वरो ,रुघा , मर्की लागेपछि उनले कोरोना जाँच गराएका थिए । उनमा संक्रमण भेटिएपछि कोशी अस्पतालमा उपचार भएरहेको छ ।
अस्पताल प्रशासनले चिकित्सक र नर्सको सम्पर्कमा आएका अन्य चिकित्सक, नर्स र विरामी सबैको स्वाव परीक्षण तयारी थालेको छ । विराटनगर अस्पतालमा ४ नर्समा कोरोना संक्रमण देखिएको छ ।
स्रोत : न्यूसृष्टि दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्