कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो

कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो

विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ ।
मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर मेसिनमा केहिदिन यता प्राविधिक समस्या आएको जानकारी दिनुभयो । मेशिनमा समस्या आएपछि मर्मत गर्न पठाउने तयारी गरिएको छ । सोमबारसम्म संकलन भएका स्वाबको नमूना परीक्षण गरिएको थियो तर समस्या भने केहिदिन अगाडीदेखि नै देखिदैं आएको मेसु दासले बताउनुभयो ।

ममर्तका लागि आजै काठमाडौँ पठाउने तयारी भईरहेको र नयाँ मेशिन समेत जडान गर्ने प्रक्रिया सुरु गरिएको बताइएको छ । अस्पतालमा नियमित औषधी आपूर्ति गर्दै आएका औषधि सप्लायर्सबाट केही समयका लागि अर्को मेशिन लिएर जडान गरिने भएको छ ।
अस्पतालको ल्याब शाखाका अनुसार भाइरस पत्ता लगाउने कार्य अटोमेटेड र म्यानुअल्ली तरिकाबाट गर्दै पीसीआरबाट अन्तिम रिपोर्ट आउने गर्दछ।

कम्तीमा ७२ वटा स्वाब नमूनामा रिपोर्ट दिने क्षमता रहेको यो मेशिन केहिवर्ष अगाडीदेखि नै कोशीमा रहेको थियो । अस्पतालको ल्याबमा कार्यरत ७ जना कर्मचारीले बिहान ८ बजेटबाट निरन्तर बेलुका ११ बजेसम्म दैनिक २ सय ५० वटासम्मको रिर्पोट निकाल्दै आएका छन् ।

यसबीच सो वार्डमा कार्यरत ३२ जना कर्मचारीको स्वाब नमूना संकलन गरिएको छ । जसअन्र्तगत वार्डमा दुईसिफ्टमा कार्यरत २० जना नर्सिंग स्वास्थ्यकर्मी र १२ जना सहायक अन्य कर्मचारीको स्वाब संकलन गरिएको दासले बताए। कोशीको यो वार्डमा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार रातीदेखि सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्