विराट र कोशीका एक चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित

<span class='c1'>विराट र कोशीका एक</span> <span class='c2'>चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित</span>

विराटनगर । विराटनगरका अस्पतालका कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ । जसको प्रभाव उपचार गराउन आउने विरामीसम्मलाई पर्ने खतरा देखिएको छ ।
विराटनगरमा १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोनाको संक्रमण मंगलबार पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस्पताल र विराट अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट सोही अस्पतालका ७ जना स्वास्थ्याकमीृमा पोजेटिभ आएको हो । यसैगरी विराट अस्पतालका तीन जना स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएको छ ।
कोसी अस्पतालको पोष्टनेटल वार्डमा कार्यरत एकजना नर्सलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । उनी विराट अस्पतालमा समेत पार्ट टाइम काम गर्दै आएकी थिइन् ।

विराटनगरमा अस्पताल दशजना बाहेक नगरक्षेत्र भित्रका ६ जना र झापा ठेगाना भई विराटनगर बस्दै आएका दुईजनामा समेत संक्रमण पुष्टि भएको छ । जम्मा संख्या १८ देखिएकोमा १६ जनाको ठेगाना विराटनगर उल्लेख भएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनु भएको छ ।

परीक्षणका क्रममा विराटनगर महानगरपालिका–६ मा ३८ र ५४ वर्षीय दुई पुरुष, विराटनगर–१० मा ३७ वर्षीया महिला र ३५ वर्षीय पुरुष, विराटनगर १३ मा एक पुरुष र विराटनगर ५ मा ३५ बर्षीय पुरुषमा कोरोना देखिएको जनाइएको छ । विराटनगर १० की ३७ वर्षीया महिला पेशाले चिकित्सक हुन् ।
संक्रमण पुष्टि भएका कोसी र विराट अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सवैको ठेगाना पनि विराटनगर नै रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्