कोरोना संक्रमित रिपोर्ट लिन महानगर प्रवेश गरेपछि

कोरोना संक्रमित रिपोर्ट लिन महानगर प्रवेश गरेपछि

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित व्यक्ति रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यलयभित्र पुगेपछि केहीबेर तनाव सिर्जना भएको छ ।

रिर्पोट लिन जाने व्यक्ति विराटनगर अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरमा काम गर्ने कामदार रहेको बुझिएको छ । उनी मंगलबार दिउँसो करिब १२ बजे विराटनगर बजार हुँदै रिपोर्ट लिन महानगरपालिकाको कोभिड १९ महाशाखामा पुगेका थिए ।

रिपोर्ट लिन पुगेका व्यक्तिको कर्मचारीले लिष्ट हेर्दा कोरोना रिपोर्ट पोजेटिभ देखेपछि कर्मचारीहरु त्रसित बनेका थिए । उनलाई तत्काल एम्बुलेन्स बोलाएर कोशी कोभिड १९ उपचार केन्द्रमा पठाइएको महानगरपालिकाका कोभिड १९ का फोकल पर्सन हैदर अलिले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएका व्यक्ति महानगर प्रवेश गरेपछि तत्काल महानगरले डिस्इन्फेक्टेड गरेका थिए ।

विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका कसैलाई पनि महानगरपालिका भित्रको कार्यालयमा प्रवेश नगर्न आग्रह गर्दै मंगलबार नै सूचना जारी गरेको छ । स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट पाँचदिनपछि सम्बन्धित ल्याब वा वडा कार्यालयमार्फत उपलब्ध हुने भन्दै सूचना जारि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्