रोटरी क्लब अफ मिटडाउनले टाइ–बेल्ट वितरण गर्यो

रोटरी क्लब अफ मिटडाउनले टाइ–बेल्ट वितरण गर्यो

विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती प्रथामिक स्कुललाई रोटरी क्बल विराटनगर मिडटाउनले टाइबेल्ट निःशुल्क वितरण गरेको छ । मिडटाउनले मंगलबार स्कुल परिसरमा टाइबेल्ट बितरण गरेको हो ।


स्कूलमा अध्ययरत विद्यार्थी र शिक्षकहरूलाई पुग्ने टाइबेल्ट वितरण गरेको रोटरी क्बल अफ विराटनगर मिडटाउनका अध्यक्ष पुन्य भट्टराईले जानकारी दिए । शैक्षिक गुणस्तर सुधार गरि जिल्लाको नमूना विद्यालयको रूपमा स्थापित गराउन लागि परेको पूर्व विद्यार्थीहरूको सक्रियता बढाएपछि मिडटाउनले १ सय ५० थान टाइबेल्ट स्कूललाई हस्तान्तरण गरेको हो ।

सामाजिक कार्यमा अग्रसर रहेको मिटडाउनको नेतृत्व सम्हालेका भट्टराईले आगमी दिनमा पनि स्कुललाई थप सहयोग गरेर अगाडी बढ्ने प्रतिबद्धा जनाए । रोटरी क्बल अफ विराटनगर मिटडाउनका भावी अध्यक्ष जय कमल अग्रवाल, क्लबका निर्देशकमा कुमार खतिवडा, सुजन थापा, स्कूलका प्रधानध्यापक चन्द्र मगर, पूर्व विद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराई तथा पूर्व विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।

भौतिक संरचनाहरू स्तरउन्नती गरि अभिभावकको मन लोभ्याउने विद्यालय बनाएको सरस्वती स्कूलमा पूर्व विद्यार्थीहरू संगठित भएर अहिले गुणस्तर सुधारमा लागेका छन् ।

संगठित भएका पूर्व विद्यार्थी, शिक्षक र स्थानिय अभिभावकहरूले लकडाउनको समयमा स्कूलको भौतिक संरचना स्तरउन्नती गरि विद्यालय चिटिक्क बनाएका छन् । विद्यालय परिसर भित्र र बाहिर रंङरोगन गरि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने विद्यालय बनाएका छन् । २०४४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन हुने गरेको छ । यही नयाँ शैक्षिक शत्रदेखि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरू हुने स्कूलका प्रधानाध्यापक चन्द्र मगरले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्