विराटनगर । विराटनगर–१७ रानीस्थित रघुपति जुट मिल परिसरमा बाँदरले आतंकित पारेको भन्दै स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ ।
शहरका मानिसको घरमा पस्ने, केटाकेटीलाई चिथोर्ने गर्न थालेपछि जिल्ला वन कार्यालयको रोहबरमा त्यहाँबाट बाँदर कानेपोखरीको जंगलमा सार्न थालिएको हो ।
सोमबार नौवटा बाँदर कानेपोखरीको जंगलमा प¥र्याएर छाडिएको छ । बाँदरले धेरै दुःख दिन थालेपछि जिल्ला वन कार्यालयलाई लिखित अनुरोध गरेर सो कार्यालयको सहमतिमा बाँदर खोरमा पारेर जंगलमा छाडिएको हो ।
विराटनगका उद्योगीले गरेको आग्रहलाई मानेको जिल्ला वन कार्यालयले गाउँका किसानको बालि क्षति पुग्न भन्ने कुरा भने सोचेको छैन । शहरमा मानिस चिथोेर्ने बाँदरले कानेपोखरीका जंगलको बाटो भएर बस्ती छिर्ने मान्छेलाई चिथोर्छ की चिर्थोदैन भन्ने कुरा यकिन गरिएको छैन ।
मिलका व्यवस्थापक श्याम आचार्यका अनुसार मिलमा ठूलो हुलमा वर्षाैदेखि बाँदर बस्दै आएका थिए ।
बाँदरको संख्या बढेसँगै त्यहाँ उपद्रो गर्न थालेपछि केटाकेटीहरु बाहिरफेरो हिड्नसमेत नदिएकाले त्यहाँबाट समाएर जंगलमा छाडिएको हो ।
बाँदरले चिथोरेर अहिलेसम्म ६ जना बालबालिकालाई एन्टी रेविज भ्याक्सिन नै दिनु पर्यो भने मानिसका घर घरमै पसेर उपद्रो गर्न थालेकाले बाध्य भएर बाँदर तह लगाउनु परेको हो ।