लखिरामका पीडा : तीनवर्षदेखि रोग पालेर ओछ्यानमा

<span class='c1'>लखिरामका पीडा : तीनवर्षदेखि</span> <span class='c2'>रोग पालेर ओछ्यानमा</span>

रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ४ आमतोला स्थित सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम बिगत ३ वर्षदेखि पेट फुल्ने समस्या बाट ग्रसित बनेका छन् । पैसाको अभावमा रोग पाल्न बाध्य उनी थप उपचार गराउन नसकेर थलिएका हुन् ।


तीन बर्ष अगाडि उनको पेट फुलेपछि बिराटनगरस्थित कोशि अञ्चल अस्पतालमा उपचारका लागि लगिएको श्रीमती डुलर हेमरम ले बताईन । डाक्टर ले लखिरामको लिभरको खराबी का कारण पेट फुलेको बताएका थिए । केही दिन डाक्टरको सल्लाह अनुसार औषधि समेत सेवन गरे तर उनको रोग भने निको भएन अहिले पैसा अभाव कै कारण रोग पाल्न बाध्य छन् ।

एक कठ्ठा ऐलानी जमिनमा सानो झुपडीमा बस्दै आएका चार परिवारलाई अहिले निकै समस्या परेकोे छ । उनको घरमा १० बर्षका एक छोरा सन्तोष, १३ बर्षकि छोरी सन्तोषि र आमा, बुबा बस्दै आएका छन । घरको आर्थिक अवस्था कमजोर भएको देखेर २ बर्ष अगाडि जेठि छोरी ले घर देखि केही टाढा गएर रुखमा झुन्डिएर आत्मा हत्या गरेकी थिइन् ।


उनीहरुको घरमा अहिले राम्रोसँग एक छाक टार्न समस्या छ । उनले भनिन अहिले छोराछोरी र श्रीमान लाई कसरी पालनपोषण गर्नु भन्ने चिन्ता छ । आफु एक्लै ले जनमजदुुुुर गरेर मुुुस्किल ले परिवार पालिरहेको उनले बताईन । आफु एक्लैले अरुको खेतमा गएर धान काटेर केही धानको जोहो गरेता भएपनि श्रीमानको उपचार गर्न सबै धान बिक्री गर्नु परेको उनको गुनासो छ ।

अहिले गाउँ घरमै जनमजदुरी गरेर आफ्नो चार परिवार पाल्न बाध्य उनका लागि उपचार खर्च व्यवस्थापन संभव छैन । हालसम्म खरखेताला र मागजुगकै भरमा तीन लाख रुपैँया श्रीमान्को उपचारमा सकिएको छ ।

घरमा राम्रोसँग परिवारलाई मिठो र राम्रो खुवाउनुु उनलाई सपना जस्तो भएको छ। श्रीमान को उपचारका लागि उनले जीवन बिकास बाट २५ प्रतिशत ब्याजदरले ५० हजार रुपैयाँ र स्थानीयबाट अडाई रुपैयाँ सेयकडाले ६० हजार रुपैयाँ लिएको बताइन् । त्यो ऋण लिएको रकम फिर्ता गर्ने कुरा उहाँका लागि कहालिलाग्दो सपना जस्तै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्