विराटनगरको मालपोत कार्यलय, कोरोनो फैलन सक्ने अड्डा बन्दै

विराटनगरको मालपोत कार्यलय, कोरोनो फैलन सक्ने अड्डा बन्दै

प्रेम देवान
विराटनगर । विराटनगरमा रहेको भुमिुधार तथा मालपोत कार्यलयमा दैनिक सयौंको संख्यामा सेवाग्राहीको भीड हुन्छ । तर, त्यही सरकारी कार्यलयमा भने कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा कुनै सतर्कता अपनाएको पाईदैन ।

अन्य सरकारी कार्यलय होस् या निजी प्रायः सबै कार्यलयहरुमा हात धुने, तापक्रम नाप्ने र सेनिटाईजरको प्रयोग गर्ने सुविधा हुन्छ । दैनिक सयौं सेवाग्राही र राजस्व संकलनका हिसाबले पनि महत्वपूर्ण कार्यलयमा नै कोरोना भाइरसबाट जोगिनको लागि कुनै सावधानी अपनाइएको छैन ।


मालपोल कार्यलयको मुख्य प्रवेद्धार बन्द गरिएको छ । त्यही छेउमा रहेको फलामे सानो गेटबाट सेवाग्राहीहरु प्रवेश गर्ने र निस्कने गर्दछन् । गेटबाट सयौंको संख्यामा सेवाग्राहीहरु प्रवेश गरिरहदाँ त्यहाँ कार्यालयबाट कुनै चेकजाँच हुदैन । एक त विराटनगरका हरेक वडामा कोरोनाका संक्रमितको फेला परिसकेका छन् । यो माहौलमा आउने सेवाग्राहीहरु पनि वडावासी हुन सक्छन् ।

कार्यालय प्रवेशमा स्वास्थ्य सुरक्षा सवधानी अपनाउनको लागि कुनै चासो नदिदाँ भोलिको दिनमा कोरोना संक्रमण फैलन सक्ने चुनौती थपिन सक्छ । विराटनगरमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विराटनगवासीलाई अर्को चुनौति पनि थपिन थालेको छ ।

कार्यालयमा काम लिएर पुगेका सेवाग्राही पनि आफुहरु असुरक्षित भएको महशुस गर्न थालेका छन् । विराटनगर १० शान्तिचोकदेखी काम लिएर मालपोत कार्यलय पुग्नुभएकी सुमित्रा अधिकारीले अरु ठाँउको कार्यालयमा प्रवेश गर्ने वित्तिकै ज्वरो नाप्नेदेखी सेनिटाईजर लगाईदिने काम हुने भएपनि मालपोतमा स्वास्थ्य सुरक्षाको कुनैपनि विधि प्रयोगमा नल्याइको गुनासो गर्नुभयो ।

मालपोत कार्यालयमा अधिकांश विराटनगर भित्रका सेवाग्राही नै आउने गर्दछन् । कार्यालय बाहिर मात्र हैन कार्यालय भित्र पनि सेवाग्राही सामाजिक दुरी कायम नगरी बसेका दृष्य देखिन्छन् । भीडभाडलाई कार्यालयका कर्मचारीले व्यवस्थापन गर्नुपर्ने हो, मालपोत कार्यलय बाहिर भेटिएका अर्का सेवाग्राही सुरजकुमार रसाईलीले बताए । कोरोना पोजेटिभ लागेको भनेर अनुहारबाट नचिनिने भएका कारण कम्तिमा पनि थर्मल गन प्रयोग गरिनुपर्ने रसाइलीको भनाई छ ।


मालपोत कार्यलयको अवस्था हेर्दा साहै नै दुःख लाग्दो रहेको अर्का सेवाग्राही तथा मालपोत कार्यलय बाहिर लेखापढीको काम गर्दै आउनु भएका सुमन नेपालले बताउनुभयो । सबैभन्दा बढी राजस्व उठ्ने कार्यलयमा कोरोना भाइरसको जोखिमबाट बच्नको लागी कुनै सतर्कता अपनाएको पाईदैन, नेपालले आवर विराटनगरलाई भने ।

मालपोत कार्यालयको अवस्था हेर्दा कोरोना सर्ने अडडा जस्तो देखिने थालेको छ । मान्छेको त्यतिकै भीड । कसैले पनि सामाजिक दुरी कायम गरेको देखिदैन । कार्यालय भित्रै अव्यव्यस्थित तरिकाले कर्मचारीका सवारीसाधन पार्किङ गएिका दृष्य पनि त्यतिकै मात्रामा देखिन्छन् । अझ कार्यालयका भित्ता त झन पान गुड्का खाएर पोतिएका र रङ्गिएका छन् ।

यता मालपोत कार्यालयका निमित्त प्रमुख तथा मालपोत अधिकृत जितेन्द्रलाल श्रेष्ठले भने आफुहरुले सरकारले तोके अनुसार कै मापदण्ड पुरा गरेर कार्यलयमा काम गरिहेको दावी गर्नुभयो ।
हुनतः कार्यलयको विभिन्न स्थानमा कार्यालय आफैले सुचना पनि टाँसेको छ । विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस मानिसबाट मानिसमा सर्छ भनि सेवाग्राही तथा लेखापढी गर्ने व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । तर यो सुचनाको कसैले लागु गरेको भने पाईन्न ।

मालपोत अधिकृत जितेन्द्रलाल श्रेष्ठले कार्यालयको गल्ती स्वीकार्नु भन्दा पनि बरु उल्टै त्यहाँ आउने लेखापढीलाई दोष थोपारे । कार्यालयमा आउने सेवाग्राही र लेखापढी गर्ने व्यक्तिहरुले बुझ्नु पर्ने हो, तर नबुझेका कारण समस्या देखिएको श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्