विराटनगरबाट ‘मेथान्टामाइन आइस’ सहित एकजना पक्राउ

विराटनगरबाट ‘मेथान्टामाइन आइस’ सहित एकजना पक्राउ

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहर कार्यालय मोरङको प्रहरीको विशेष टोलिले खतरनाक लागुऔषध बरामद गरेको छ।
मोरङ सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेलको साथबाट मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीका एक उच्च अधिकारीले बताए।
यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ। तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले अनुसार कारोबारीका साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध बरामद भएको छ। लागुऔषधसहित पक्राउ परेका पोखरेल जग्गा कारोबारी र केही उद्योगका लगानीकर्ता हुन् ।

उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ मा यो पहिलो घटना हो । यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालको भने यो तेस्रो घटना भएको एसपी पोखरेलले बताए । यो एक प्रकारको केमिकल ड्रग्स भएकोले हतपत्त पक्राउ पर्ने गरेको थिएन । प्रदेश १ मा पहिलो पटक र नेपालमा तेस्रो पटक यो लागुऔषध समातिएको हो ।

विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए। परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरेको थियो।

उनी कसैलाई लागुऔषध पु¥याउन आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनको साथबाट विराटनगरमा दुई सय ग्राम २२ मिलिग्राम बरामद भएको थियो। अनुसन्धानपछि प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्