विराटनगरका चारसहित ९ जनामा संक्रमण पुष्टि

विराटनगरका चारसहित ९ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज (बुधबार) ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरको ४, ६ र १६ नम्बर वडा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयक ाप्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १मा कोरोना संक्रमितको संख्या ९७५ पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षणगरिएको छ । पीसीआर परीक्षण गरिएकामध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो।

प्रदेश १ मा आजसम्म ४१ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्