वीपी प्रतिष्ठान भित्रै लकडाउन

वीपी प्रतिष्ठान भित्रै लकडाउन

विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम गर्न वीपी प्रतिष्ठान धरानमा बिहीबारदेखि लकडाउन जारी गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान परिसर भित्र अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन गरिएको हो।

शिक्षक–कर्मचारी र विद्यार्थीलगायतले अनिवार्य रूपमा लकडाउन पालना गर्न रजिष्ट्रार प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिष्ठानको आवास तथा छात्रबासमा रहेका शिक्षक–कर्मचारी र तिनका आश्रित परिवारलगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो निवास बाहिर नजान रजिष्ट्रार रेग्मीको आग्रह छ।

प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीबाट कारवाही हुने रजिष्ट्रारले निकालेको सूचनामा उल्लेख छ।

प्रतिष्ठान बाहिर जानु परेमा प्रतिष्ठानबाट पूर्वस्वीकृति लिन पनि उनले आग्रह गरेका छन्। पूर्वस्वीकृतिविना गएको भेटिए कारबाही गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्