विराटनगरमा ग्रेटडेल ९९ डटकम

विराटनगरमा ग्रेटडेल ९९ डटकम

विराटनगर । ग्रेटडेल ९९ डट कम वेवसाइट पोर्टल सञ्चालमा आउने भएको छ । कोभिड १९ महामारीको समयमा घरबाट बाहिर निस्केर सामान खरिद गर्न जान हालको अवस्थामा जोखिम बढेको भन्दै वेव पोर्टल सञ्चालनमा आउने भएको हो ।

ग्राहकहरुले आवश्यकता अनुसार मोबाइलमार्फत घरमै बसेर साउन १५ गते (भोलि) बाट सामान अर्डर गर्न सक्ने छन् ।

आफ्नो एप पनि चाडै सञ्चालनमा ल्याउने यसका सञ्चालक प्रशान्त ठाकुरले बताए । साइटमा ५ सय भन्दा बढी उत्पादनहरु राखिएको उनले बताए ।

हाल विराटनगर क्षेत्रमा मात्र सञ्चालनमा आउने भएपनि प्रदेश १ का विभिन्न शहरहरुमा सेवा पुर्याउने लक्ष्य रहेको उनको भनाई छ । १ हजार भन्दा बढीको सामान खरिद गरेका ग्राहकलाई डेलिभरी शुल्क लाग्ने छैन । प्रत्येक १ हजारको बिक्रीमा एक रुपिँया गरिब तथा बालबालिकाको सहयोगको लागि विभिन्न संस्थाहरुको सहयोग कोषमा जम्मा गरिने उनको भनाई छ ।

‘आऊँं हामी सबै मिली समाजका गरिब बालबालिका तथा बृद्धबृद्धाका लागि केही सहयोग पुर्याऊँ’ भन्ने नाराकासाथ सेवा भावले सहयोग गर्न लागेको उनले बताए । पन्ध्रलाखको लगानीमा यो पोर्टल सञ्चालनमा ल्याइएको संचालक ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्