उर्लाबारीका बाढी पीडितलाई राहत

उर्लाबारीका बाढी पीडितलाई राहत

उर्लावारी । मोरङको उर्लाबारी ३ मंगलबारेका बाढी पीडित र विपन्न वर्गलाई बिहीबार राहत वितरण गरिएको छ ।
उर्लाबारी ३ मंगलबारे स्थायी घर भई हाल हङकङमा बस्दै आएका पदम लिम्बूले बाढी पीडित र विपन्न परिवारका लागि पचास हजारको रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका ह्न् ।

वडा नं. २ र वडा नं. ३ का २२ परीवारलाई उक्त खाद्यान्न वितरण गरिएको थियो । आफू जन्मेको हुर्केको ठाउँ भएकाले पनि आफूले सहयोग गर्न पाँउदा अत्यन्तै खुशी लागेको लिम्बूले बताए । साथै आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे ।

राहत लिन आउन नसक्ने पीडितहरुलाई योसेक क्लब मंगलबारे उर्लाबारीका अध्यक्ष भीष्म बुढाथोकी लगायतको टिमले घर मै पुर्याएर राहत वितरण गरेका थिए । स्थानीय योसेक क्लबको ब्यवस्थापन गरेको राहत वितरण कार्यक्रममा जनप्रतिनिधि, प्रहरी लगायतको उपस्थिति रहेको थियो । लिम्बूले यस अघि पनि भूकम्प पीडित,अशक्त विरामी ,विपन्न विद्यार्थीहरुलाई सहयोग गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्