मानव अधिकार उल्लंघनका घटनाहरु बढेको अधिकारकर्मीको भनाई

<span class='c1'>मानव अधिकार उल्लंघनका घटनाहरु</span> <span class='c2'>बढेको अधिकारकर्मीको भनाई</span>

विराटनगर । प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुले बताएका छन् ।
हत्या, आत्महत्या, बलात्कार, घरेलु हिंसाका धेरै घटनाहरु भएको मानवअधिकारकर्मीहरुको भनाई छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले आज कोभिड १९ को प्रभाव र मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा मानव अधिकारकर्मीहरुले लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा बृद्धि भएको बताएका हुन ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगरका निर्देशक मोहनदेव जोशीले लकडाउन हुनु अघि भन्दा लकडाउनको ४ महिनामा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको बताउनुभयो । उहाँले हत्या, आत्महत्या, महिला हिंसाका घटनाहरुमा बृद्धि भएको बताउनुभयो । कोरोनाका कारण देखाउँदै विराटनगरका अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु भएको, स्वास्थ्य उपचार नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराएको निर्देशक जोशीले बताउनुभयो ।

मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ संयोजक तथा मनोपरामर्श दाता मञ्जिता उपाध्यायले लकडाउनमा महिला हिंसाका घटनाहरु बढेको बताउनुभयो । उहाँले क्वारेन्टाईनमा रहेकाहरुलाई मनोपरामर्शको काम प्रदेश सरकारले नगरेको गुनासो गर्नुभयो ।

सिविन विराटनगरका प्रमुख बासु अधिकारीले लकडाउनमा बालिका बलात्कारका घटनाहरु बढेको बताउनुभयो । उहाँले बालिकाहरु परिवारबाटै पीडित भएका घटनाहरु बढ्दै गएको बताउनुभयो । एवीसी विराटनगरकी अध्यक्ष विष्णु शर्माले महिला हिंसाका घटनाहरु र आत्महत्याका घटनाहरुमा बृद्धि भएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापा र वपरडेक अध्यक्ष सञ्जु साह लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्