विराटनगरमा सडकका पशुलाई आहार र स्याहार गर्दै मनिषा

<span class='c1'>विराटनगरमा सडकका पशुलाई आहार</span> <span class='c2'>र स्याहार गर्दै मनिषा</span>

विराटनगर । बिगत लामो समयदेखि निरन्तर पशुहरूको क्षेत्रमा काम गर्दै आएकी बिराटनगर की मनिषा अग्रवाल विराटनगरका सडकमा छाडा छोडिएका पशुहरुको स्याहारमा लागेकी छिन् । नगर क्षेत्रका सडकमा हिड्ने छाडा पशुहरू लाई दैनिक आहार एवं उनीहरुको उपचार गर्दै आएकी हुन् ।


गाई, कुकुर, गोरु, खच्चड, सुँगुर, साँढे जस्ता दैनिक ४००–६०० सय जनावरलाई निःस्वार्थ रुपमा आहार खुवाउँदै आएकी हुन्। हामीलाई भोक लाग्यो भने हामी मागेर खान्छौं तर जनावरले माग्न सक्दैनन् मनिषाले भनिन्, आफ्नो बारेमा मात्र सोच्नु हुन्न , जनावरहरुको बारेमा पनि सोच्नु उती जरुरी छ ।

सुरुवात दिनहरुमा उनी सबै काम र खर्च बेहोर्ने गर्थिन् तर बिगत केही महिना देखि बिराटनगरका सामाजिक अभियन्ता चन्द्र शेखर धाडेवा पनि यो अभियानमा सहयोगी बनेका छन् । धाडेवा लगायत बिराटनगरका धेरै व्यापारी र सामाजिक अभियन्ता जस्तै निर्मल दुग्ड, अशोक बोहोरा, पुजा सिंह, मदन साह आदिले खर्चका लागि सहयोग गर्नेदेखि पशु स्याहार गर्नेसम्मको काम गर्दछन् ।


दैनिक सात हजार भन्दा बढी खर्च गरेर उनीहरुले पशु आहार गराउने गरेका छन् । यहि कार्यक्रमलाई थप प्रभावकारी दिनका लागि रेबिजको खोप अभियान संञ्चालमा ल्याउने दावी गरिएको छ । हामीलाई चोट पटक लाग्दा हामी मद्दत माग्छौ तर ती पशुहरु केही गर्न सक्दैनन्, मनिषाले भनिन् हामी सबैलाई आ–आफ्नो स्तरबाट जति सक्दो पशुहरूको सहयोग गर्नु पर्छ ।

 

आफैं सुरुवात गरेकी मनिीसित आज यो अभियानमा १५ जना सदस्य सहयोगी बनिसकेका छन् । दिया धाडेवा, अमन कर्ण, निकिता अग्रवाल जस्ता युवा–युवतीहरु यस कार्यमा निःस्वार्थ रुपमा लागेका छन् ।

प्रस्तुती  : प्रेम पारख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्