मोरङको सुनवर्सीवासी हुन्, मृत्यु हुने संक्रमित व्यक्ति

मोरङको सुनवर्सीवासी हुन्, मृत्यु हुने संक्रमित व्यक्ति

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएका कोरोना संक्रमित मोरङको सुनवर्षी नगरपालिका निवासी भएको खुलेको छ ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररतः मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ बर्षीय पुरुषको बुधबार अपरान्ह ४ः४५ मा मृत्यु भएको हो ।

वीपीका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार भर्ना गर्ने समयमा उनको अवस्था अत्यन्तै गम्भीर रहेको थियो । कोशी अस्पतालले रेफर गरेर प्रतिष्ठान पठाउनु अगाडी समन्वय नहुँदा भर्नामा केहि ढिलाई समेत भएको थियो ।

कोशीमा भर्ना हुँदा ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई रेफर गरिएको थियो । उनी कोशीको फिबर क्लिनिकमा मंगलबार आएका थिए । मंगलबार उनको पीसीआर परीक्षण रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो ।

भारत ससुराली भएका संक्रमित व्यक्ति दश दिन अगाडी घर आईपुगेका हुन् । उनको मृत्युसँगै प्रदेश १ मा पहिलो व्यक्तिको मृत्यु भएको छ । यस अगाडी प्रदेश २ बाट धरानमा उपचार गराउन आएका दुईजनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्