विराटनगर । पूर्वाञ्चल विश्वबविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालबाट बिहीबार ३४ जना डिस्चार्ज भएका छन् । गत असार २८ गतदेखि साउन ४ गतेसम्म आईसोलेशनमा भर्ना गरिएका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरुमा मोरङका ८ जना, झापाका ७ जना, सुनसरी ४ जना, इलाम २ जना, ओखलढुंगा १० जना र सोलुखुम्बुमा ३ जना रहेका छन् । उनीहरुमध्ये ओखलढुंगाका १० जना भारतीय कामदारहरु हुन् ।