विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि कर्मचारीलई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ । डिन कार्यालयका १७ जना कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको डिन बिजु थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत श्ुक्रबार विराट अस्पतालका स्टाफलाई संक्रमण पुष्टि भएपछि डिन कार्यालयका कर्मचारीले आफ्नो सम्पर्क रहेको जानकारी दिइएका थिए । त्यसपछि उनलाई आईसोलेटेड गरिएको थियो । स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार उनको संक्रमण पुष्टि भएको हो । नमा संक्रमण पुष्टि भएसँगै अन्य कर्मचारीको सम्पर्कका आधारमा स्वाब संकलन गराइएको हो ।