कर्मचारीको कोरोना बीमा र सुरक्षा उपायसहित क्विकर फुड पुनःसूचारु

कर्मचारीको कोरोना बीमा र सुरक्षा उपायसहित क्विकर फुड पुनःसूचारु

विराटनगर । रेष्टु–राँको तयार खाना र अत्यावश्यक खाद्यान्न डेलिभरी गर्ने क्विकर फुडले कोरोना भाइरस (कोभिड–१९) बाट आफ्ना कर्मचारीहरूलाई सुरक्षाका लागि कोरोना बीमा गरेको छ ।

क्विकर फुडले ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोभिड–१९ बिमा गराएको हो।
प्रतिव्यक्ति १ लाख रुपैयाँको कोभिड–१९ बीमालेख खरिद गरेसँगै केहि दिन अगाडी बन्द गरेको सेवा पुनः सूचारु समेत गरेको छ ।

 

क्विकर फुडका अध्यक्ष दिवस दाहालले आफ्नो कर्मचारीहरूको सुरक्षालाई सधैं प्राथमिकता दिइरहेको बताए । उनले कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका विधि अपनाएर आफ्नो सेवा सूचारु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्