डाक्टरहरुका कविताः आउट फ्रम द एश आई विल बि बर्न

डाक्टरहरुका कविताः आउट फ्रम द एश आई विल बि बर्न

बगंलादेशको सिलेटमा डाक्टर अध्ययन गरिरहेकी नेपाली बिधार्थी कृपा मर्हजनको कविता सहितको भिडियो यूट्यूबमा परिक्रमा स्टुडेन्ट्स फेमीली नामको अकाउण्टवाट लाइभ गरियो । आउट फ्रम द एश आई विल बि बर्न
अर्थात म भुलोहरुबाट फेरि जन्मनेछु, केडिकल शास्त्र अध्यनार्थ बिदेश पुगेकी कृपाको यस कविताले साहित्यको कुनै शास्त्र हुँदैन, अभिव्यक्तिको कुनै परिधी हुँदैन भनेंर पनि बोलिरहेको थियो, बोलिरहेको छ ।

त्यस्तै अर्को कविताको भिडियो पनि त्यहाँ पाँए, नेपाली सेना स्वास्थ बिज्ञान प्रतिष्ठान चिकित्साशास्त्र संकायकी बिधार्थी लक्ष्मी दाहाल को, लक्ष्मी पनि भविष्यकी डाक्टर हुन् तर उन्का कविताका समाजको एउटा तितो पक्ष यसरी उजागर भएको छ कि मानौं लक्ष्मी लक्ष्मी मानिसको स्वास्थको हैन कविता अनि तिनका शव्दकी डाक्टर मात्र हुन्, कति खरो अनि सहज अभिव्यक्ति ।
छोरी आर्शिवाद या अभिशाप
मलाई गर्व छ छोरी भएर जन्मेकोमा
तर छोरा हुन्छ भनेंर जन्माएको छोरी भइस भन्दा दुख्ख लाग्छ
दिनदिनै बुवालाई हेराउन आउनेहरुले
छोरा कहिले हुन्छ भनी सोद्धा मलाई दुख्ख लाग्छ

समाजलाई स्पष्ट रुपमा कवितामार्फत ब्याख्या गरिदिएकी लक्ष्मीको यस काव्यात्मक यात्रालाई साकार पारेको चाँही धरान बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानका एम्बिबिएस अध्ययनरत बिधार्थीहरुको संगठन परिक्रमा स्टुडेन्टस फेमीलीले आयोजना गरेको काव्य कर्म नामक कार्यक्रमले साकार गरेको हो । काव्य कर्ममा अन्य धेरै भविष्यका डाक्टरहरुले आआफ्ना कविताहरु अनि भिडियो समावेश गरेका छन्, साहित्य र चिकित्साशास्त्रको यस अद्रभूत संगमलाई नेपालकै सबैभन्दा ठूलो इ लर्निगं परिवार स्याटसमले प्रयोजन गरेको हो भनें यसका अन्य प्रायोजकहरुमा नेपालय पव्लीकेशन रहेको छ । मिडिया पार्टनरमा स्वास्थ खबर पत्रिका र डक्टर स्टोरिज अफ नेपाल नामक फेसबुक पेज रहेको यस काव्य कर्मले कोरोना कहरका बिच आआफ्ना घरमा रहेका चिकित्सास्त्रका बिधार्थीहरुको अप्रशोधित र मिठो अभिव्यक्ति र संभावनालाई भिडीयोमार्फत हाम्रो संघारसम्म ल्याएको छ ।

स्याटसम टाइटल स्पोन्सर रहेको यस कार्यक्रम जुलाई २२ देखि अगस्त १५ सम्म आयोजना हुने छ, यसमा आफ्नो भिडियोहरु समावेश गर्न यूट्यूब भिडियोमा भएका ठेगानामा सम्पर्क गर्न सम्पूर्ण डाक्टर अध्ययनरत बिधार्थीलाई आव्हान पनि गरिएको छ ।
एमबिबिएस, इन्जिनियरिगं, नर्सिगं र ब्रिज कोर्सका तयारी गरिरहेको नेपालकै सबैभन्दा ठूलो ई लर्निगं परिवार स्याटसममा करिब ६००० भन्दा बढि नेपाली बिधार्थीहरुले अनलाइन कक्षाहरुm मक जाँचहरु मार्फत आफ्ना सपनाको खाका कोरिरहेका छन्, यसका साथै नेपालभरिका थुप्रै कलेन र इन्सिट्रयूटहरु समेत स्याटसमसंग आवद्ध भई आफ्ना बिधार्थीहरुलाई घरमा नै बसि बसि अन्तराष्ट्रिय स्तरको शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् ।
काव्य कर्मका श्रृखलाहरु हेर्दै रहनुहोला, साहित्यको कुनै शास्त्र हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्