सुनचाँदीको भाउ फेरि उकालो , आजको मूल्य यस्तो

सुनचाँदीको भाउ फेरि उकालो , आजको मूल्य यस्तो

सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । बुधबार एकै दिन तोलामा ६ हजार २ सयले गिरावट आएको दिनपछि बिहीबार र शुक्रबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि छापावल सुनको भाउ तोलाको ९८ हजार ६ सय कायम गरेको छ । बिहीबार तोलाको ९७ हजार ८ सय पुगेको थियो । बिहीबारको तुलनामा शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको हो । बिहीबार पनि बुधबारको तुलनामा तोलामा २४ सयले बढेको थियो ।

आज तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९८ हजार १ सय कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेको छ । आजका लागि चाँदी प्रति तोला १३ सय ५५ कायम गरिएको महासंघले जनाएको छ । बिहीबार तोलाको १२ सय ९५ कायम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्