नेरुडेको कोरोना कोषमा आर्थिक सहयोग

नेरुडेको कोरोना कोषमा आर्थिक सहयोग

विराटनगर । प्रदेश १ को राजधानी बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५५ हजार १ सय १८ रुपैया २९ पैसा जम्मा गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ अषाढ मसान्तसम्म जम्मा रहेको रकम सहयोग गरेको हो ।

नेरुडेले यस अघि २०७६ चैत्र २६ गते उक्त कोषमा ५ लाख रुपैयाँ र लकडाउनको कारण ग्रामिण तथा शहरी क्षेत्रका विपन्न वर्गका ब्यक्तिहरुको दैनिकी संचालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानिय तह (वडा÷नगरलाई) लाई राहत वितरणको लागी . १० हजारका दरले सहयोग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्