विराटनगरमा जोर विजोर प्रणाली सुरु, नागरिक भन्छन् ‘कसम मलाई थाहा छैन’( भिडियो सहित)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबारदेखी जिल्ला भरी नै जारी गरेको जोर विजोर प्रणाली नियमबारे नागरिकले आफुहरुलाई जानकारी नभएको गुनासो गरेका छन् ।
कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यलय मोरङले भदौ १६ गते सुचना जारी गर्दै जिल्ला भर जोर विजोर प्रणाली नियम जारी गरेको हो ।
यता नागरिकहरुले भने जोविजोर प्रणालीबारे अनविज्ञता प्रकट गरेका छन् । जिल्ला प्रशासन कार्यलय मोरङले जारी गरेको सुचनाबारे आफुहरुलाई जानकारी नै नभएको गुनासो गरेका छन् । जोरविजोर प्रणाली नियम जारी भएसँगै बुधबारदेखी विराटनगरमा पनि थप कडाइ गरिएको छ ।
आज १७ गते विजोर दिन हो । आज विजोर नम्बर भएका सवारी साधन मात्र कुदाउन पाईन्छ । विजोर गतेका दिन विराटनगरको विभिन्न स्थानमा जोर नम्बरका गाडी भेटिन साथ मोरङ प्रहरीले कडाई गरेको थियो । विराटनगरको तीनपैनी , बसपार्क र हाटखोला बरगाछी , भटिमोड लगायतका स्थानमा प्रहरीले कडाई गरेको थियो । जोर नम्बर भएका गाडीलाई होल्ड गरेर सम्झाई बुझाई छाड्ने गरेको थियो । तर यता सवारी चालकहरुले भने आफुहरुलाई जोर विजोर प्रणलीबारे केही पनि जानकारी नभएको यसरी बताए ।

जिल्ला प्रशासन कार्यलय मोरङले अझै एक साताको लागी निषेधाज्ञा जारी गरेको छ । प्रसाशनले निषेधाज्ञाको बेला बजारमा बढी भिडभाड नहोस भनेर जोर विजोर प्रणाली ल्याएको जनाएको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले आफुहरुले प्रशासनले जारी गरेको सुचनाको आधारमा विजोर नम्बरको दिन जोर नम्बरको गाडीहरु होल्ड गरेको बताउनुभयो ।
भोलीदेखी झन कडा गरिने प्रहरी निरीक्षक पोद्धारले बताउनुभयो । होल्ड गरिएका गाडीहरुलाई जरिवाना तिराउने या अन्य कारबाही गर्ने भन्ने बारे प्रशासनसँग बुझेर अगाडी बढ्ने पोद्धारले बताउनुभयो ।
हुनत यो यो लकडाउन अनि निषेधाज्ञा प्रहरीका निम्ती भने गाराइएको भने हैन । पछिल्लो समय कोरोना भाइरस कोभिड १९ समुदाय स्तरमा पुगिसेका कारण थप कडाई गरेको हो । यद्यपी प्रशासनले जारी गरेका सुचनाहरु सहि रुपमा आम नागरिकले थाहा हुने गरि सुसुचित गर्नु आववश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्