विराटनगरमा तरकारीको भाउ आकशिन थालेपछि अनुगमन सुरु (भिडियो रिर्पोट)

प्रेम देवान
विराटनगर । विराटनगरमा पछिल्लो समय तरकारी व्यापर गर्ने व्यापारीहरुले दोब्बर मुल्यमा तरकारी बेच्न थालेपछि सरोकारवाला निकायले अनुगमन सुरु गरेको छ ।
केही दिन अगाडी सम्म ७० देखी ८० रुपैया पर्ने टमाटरको भाउ १२० , ५० रुपैयाको आलुको भाँउ ९० रुपैया सम्म बेचेको भेटेपछि जिल्ला प्रशासन कार्यलय मोरङ, बाणिज्य विभाग कार्यलय विराटनगरको टोलीले अनुगमन सुरुवात गरेको हो ।
उपभोक्ताहरुबाट जनगुनासो आउनथाले पछि जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरी खपखmखाखयसहितको टोलीले अनुगनमनलाई अगाडी बढाएको हो ।
विराटनगरको गुन्द्र पसलमा रहेका व्यापारीहरुले आफु खुशी मुल्य तोकेर तरकारी बेच्ने खुद्रा तथा होलसेल पसलमा अनुगनम गरेको छ ।
साथै कोरोना भाइरस कोभिड १९ को माहामारीको उच्च जोखिमबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षा विधि अपानाएको छन् की छैनन् भन्ने विषयमा समेत निगरानी गरेको थियो ।
अनुगमन टोलीले व्यापारीहरुलाई कोरोना भाइरस कोभिड १९ बाट बच्नको निम्ती पसलमा अनिवार्य डोरीले घेरबार गर्ने तथा मास्क , सेनिटाईजर र पन्जा लागाएर मात्र व्यापार व्यावसाय संचालन गर्न आग्रह गरेका थिए ।
साथै व्यापारीहरुले पसलमा मुल्य सुचि , पसलको नामको बोर्ड अनि लामो समयदेखी कर नतिरेको समेत अनुगमन टोलीले फेला पारेको थियो । कर नतिर्ने व्यावसाय तथा कोरोना रोकथामको न्युनिकरणको लागी हरेक पसलमा स्वास्थ्य सुरक्षा सामाग्री सहित व्यावसाय गर्न सरोकार निकाले यसरी आग्रह गरेका थिए । हेर्नहोस भिडियोमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्