विराटनगरवासी र कोशी अस्पतालमा भर्ना भएका गर्भवती महिलाका लागि निःशुल्क रगत

प्रेम देवान
विराटनगर । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र विराटनगरबाट विरामीलाई सशुल्क वितरण गरिदैं आएको रगत अब निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालमा भर्नापछि चिकित्सकको सिफारिसमा अतिआवश्यकीय रगतको ८१० रुपँैया प्रतिपिन्ट बिरामीले बुझाएपछि मात्रै उपलब्ध हुने गरेको थियो ।


विराटनगर महानगरपालिकाले नगरवासीको स्वास्थ्य समस्या भई अस्पताल भर्नापछि रगत आवश्यक भएको अवस्थामा निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगरकार्यपालिकाको सयुक्त बैठकपछि भएको निर्णय अनुसार स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराइने भएको छ ।


विराटनगर महानरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार महानगरको वार्षिक कार्यक्रम अन्तर्गत रहेको स्वास्थ्य सुरक्षामा निःशुल्क रगत उपलब्ध गराउने योजनालाई समेटिएको छ । नेपाल रेडकक्रस सोसाईटी, मोरङसँग समन्वय गरेर ८१० मा रुपैँया पर्ने रगतको मूल्य अब विराटनगर महानगरले एकमुष्ट रुपमा रक्त सञ्चारलाई भुक्तानी गर्ने भएको अलिले जानकारी दिनुभयो ।

निःशुल्क रुपमा रगत पाउनको लागी अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकको रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ । त्यसैगरी विरामी महानगर भित्रको स्थायी बसोबासी हुनुपर्ने र परिचयपत्र अनिवार्य आवश्यक पर्ने अलिको भनाई छ ।
रेडक्रस सोसाईटीसँग १ बर्षसम्मको लागी सम्झौता गरेको महानगरले जनाएको छ । महानगरपालिका र रेडक्रस सोसाईटीबीच आर्थिक बर्ष २०७७÷२०७८ असार मसान्तसम्मको लागी मात्र यो सेवा सुचारु गरिएको हो ।

रक्तसंचार सेवा केन्द्रबाट एक बर्षसम्म खपत भएको रगतको आधारमा महानगरले रेडक्रस सोसाईटीलाई भुत्तानी गर्नेछ ।
यसैगरी कोशी अस्पताल विराटनगरले पनि रेडक्रस सोसाईटीसँग समन्वय गरेर प्रसुती गराउन अस्पताल आउने आमाहरुका लागि आवश्यक रगत निःशुल्क उपलब्ध गराउने भएको छ ।
कोशी अस्पतालको स्त्री तथा प्रसुती विभाग अन्तर्गत प्रसुती (सुत्केरी) कक्षमा भर्ना भएका भएका गर्भवती महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कोशी अस्पताललका सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । राज्यले संचालन गरेको सुरक्षित प्रसुती सेवा अन्र्तगत रत्तसंचार सेवा निःशुल्क गरिएको मेसु दासले बताउनुभयो ।


अस्पतालको प्रसुतीकक्षमा भर्ना भएका गर्भवती महिलाहरु जुनसुकै स्थानको भएपनि अस्पतालले रगत उपलब्ध गराउने छ । तर, अस्पतालमा भर्नापछि रगत आवश्यक भएको चिकित्सकको सिफारिस अनिवार्य हुनुपर्ने मेसु दासले बताउनुभयो ।

रगत विरामीका लागि अति आवश्यकीय तत्व हो । कतिपय विरामीहरु रगत अभावका कारण अकाल मै ज्यान गुमाउनु परेको अवस्था पनि आउने गरेको छ । यस्तो अवस्थाको अन्त्य गर्न महानगरपालिका र कोशी अस्पतालले विरामीलाई निःशुल्क रुपमा सेवा सुचारु गरेको हो ।
रेडक्रस सोसाइटीका सभापति सुवोध सिंहले मोरङ जिल्लामा रहेका १७ वटा स्थानीय तहमध्ये पहिलो पटक महानगरपालिकाले संस्थागत रुपमा बिरामीलाई रगत उपलब्ध गराउन सम्झौता गरेको बताउनुभयो । सभापति सिंहले अन्य स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर अगाडी बढ्ने योजना राखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्