क्षणभर कै बर्षाले विराटनगरका अधिकांश स्थान जलमग्न [भिडियो]

विराटनगरमा मंगलबार विहान ४ बजेदेखी परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । सडक उच्च भागमा बनाईएका कारण नालाको पानी स्थानियवासीको घर भित्र पसेको स्थानियासीको गुनासो छ ।
विराटनगरमा क्षणभरमा नै परेको पानीले गर्दा विशेष गरी विराटनगरका दक्षिणीभेगका अधिकास स्थानहरु जलमग्न नै भएका थिए । विराटनगर ,१२ ,१३,१४, १५ र १६ का स्थानियवासीको घर भित्रै पानी पसेको थियो । भर्खरै बनाइएको नालाको पानी निकासा र नाला सफा नगरेका कारण पनि रोड नै जलमग्न भएका दृष्य देखिन्थे । स्थानियवासीले पटक पटक सम्बन्धीत निकायमा विकल्प खोजिदिन आग्रह गरेपनि खासै चासो नदिएको स्थानियवासी गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्