भायानेटको इन्टरनेट अब इनरुवामा

भायानेटको इन्टरनेट अब इनरुवामा

विराटनगर । ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभर विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै सुनसरीको इनरुवामा विस्तार गर्ने भएको छ ।


इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ । कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपीटीभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्