समकालीन सात कविका ‘यतैकतै’ बजारमा

समकालीन सात कविका ‘यतैकतै’ बजारमा

विराटनगर । समकालीन सातकविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ ।

आ–आफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् । उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र संभावनाको अनन्त उज्यालो पढ्न सकिन्छ । द्धन्द्धको घाउ र राजनीतिक पटाक्षेपसंगै मानिसको बाँच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ ।

विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरुले नेपाली कविताका पारखीहरुलाई सन्तुष्ट पार्ने प्रकाशकको विश्वास छ । समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एक मुष्ट साक्षीको रुपमा ‘यतै कतै’ कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रा.लि.का प्रमुख सूर्य विसीले जनाएका छन् । कितावको मूल्य तीन सय रुपैयाँ तोकिएको छ ।

कविताको क्षेत्रमा स्थापित यी सात कविहरुले ‘पी सेभेन’ समूह गठन गरि कविताको अध्ययन, अनुसन्धान र अनुवादकाकामहरु गर्ने जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्