विराटनगरका कलेजद्धारा धमाधम अनलाइन भर्नासँगै पढाई (भिडियो रिर्पोट सहित)

प्रेम देवान
विराटनगर । कोरोना कहरका कारण ६ महिनादेखी बन्द भएका विराटनगरका कलेजहरुले अनलाइन माध्यमद्धारा भर्ना अभियान सुरु गरेका छन् ।
कतिपय कलेजले भने पढाई नै सुरु गरिसेको छन् । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी गत चैत्र ११ गतेदेखी मुलुकभर सरकारले लकडाउन गरेको थियो । यसै अनुरुपमा शैक्षिक क्षेत्र पनि लामो समय सम्म बन्दाबन्दीको चपेटामा पर्यो ।


अहिलेसम्म कै सबैभन्दा बढी क्षति व्यहोर्नुपरेको शैक्षिक क्षेत्रका लगानीकर्ताहरुले गुनासो गरेका छन् । ईतिहासमा नै पहिलो पटक सुन्य अवस्थामा पुगेको कारण अब शैक्षिक क्षेत्र पहिल्यै कै अवस्थामा उठ्न समय लाग्ने कलेज संचालकहरु बताउछन् । बन्दाबन्दीका कारण लामो समयसम्म बन्दभएका यातायता क्षेत्र र होटल व्यावसाय भने आसोज एक गतेबाट संचालन गर्न सरकारले निर्देशन दिईसकेको छ ।
तर, शैक्षिक क्षेत्र संचालन गर्ने बारे भन्ने अहिले सम्म कुनै टुङगो गरेको छैन । विराटनगरका अधिकास कलेजहरु अनलाइन माध्यमद्धारा कक्षा ११ को भर्नासँगै कक्षा सुचारु गरिसकेको छन् ।


विद्यार्थीहरुले अनलाइनसँगै प्रत्यक्ष कलेजमा पुगेर भर्ना गरिरहेका छन् । कतिपय कलेजमा भने अभिभावकहरु नै कलेजमा आफ्ना छोराछोरी लिएर भर्ना गर्नथालेका छन् । विराटनगर २ का मिन कुमार कर्ण आफ्नी छोरीलाई कक्षा ११ को भर्ना गराउन कलेज नै पुगे । अहिले छोरीलाई भर्ना गराइररहेको र तत्कालका लागी अनलाईन माध्यबाट नै पढाई हुने र कोरोनाको माहामारीपछि कलेज मै पढाई हुने कर्णले बताए ।

यता कलेजमा भर्ना हुन पुगेका विद्यार्थीहरुले पनि अब अनलाइन कक्षाबाट नै पढाई हुने भन्दै भर्ना गरिएको कलेज परिसरमा भेटिएका विद्यार्थीहरु बताउछन् । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पनि ठूलो असर पारेको शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानु खड्काले बताउनुभयो । तत्काल कक्षा नर्सरीदेखी १० सम्म भर्ना लिन सकिने अवस्था नभएका कारण कक्षा ११ का लागी भने विद्यार्थी र अभिभावको चासो दिएपछि हामीले अनलाइन भर्ना अभियान थालेका छौ खड्काले भन्नुभयो ।


शिक्षादिप कलेजले कलेजको प्रवेशद्धारबाटै विद्यार्थीहरुलाई हातधुनेदेखी ज्वारो नाप्ने काम र सेनिटाईजरको समेत व्यावस्था गरिएको छ । कलेजमा भर्ना हुन आउने विद्यार्थीलाई हात धुने अनि ज्वारो नापेर मात्र कलेजमा प्रवेश गराउने गरेको छ । साथै असोज १ गतेबाट भर्ना सुरु गरी आगामी असोज १५ गते सम्म मात्र भर्ना लिईने र त्यसपछिको दिनमा अनलाईन कक्षा संचालन गरिने प्रिन्सीपल खड्काले बताउनुभयो ।

अरु क्षेत्र संचालनमा आएसंगै शिक्षा क्षेत्र पनि संचालन गर्नुपर्ने भन्दै हिसान मोरङले यस अघि सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाईसकेको छ । त्यसै अनुरुप कलेजहरुले भर्ना अभियान र अनलाइन कक्षा संचालन गर्न थालेका छन् । यता कान्तिरपुर कलेजका प्रिन्सीपल भेषराज भुवन नेपालले भने अरु बर्षको जस्तो प्रचार प्रसार नगरी कलेजको फेसबुक पेजबाट प्रचार प्रसार गरी विद्यार्थी भर्ना सुरु गरिएको बताउनुभयो । तर विगतको जस्तो विद्यार्थीको भर्ना भने हुननसेको प्रिन्सीपल नेपालको भनाई छ ।


नेपाल सरकार शिक्षा मन्त्रालयले असोज १ गतेबाट विद्यार्थी भर्ना गर्न नोटिस जारी गरेसँगै आफुहरुले पनि सामाजिक दुरी कायम गर्दै टाढाका विद्यार्थीलाई अनलाईन र नजिकै भएका विद्यार्थीहरुलाई भने कलेज मै आएर भर्ना सुरु गरेको भानु कलेजका प्रिन्सीपल आरसी कोइरालले बताउनुभयो ।
भर्ना भइसकेको विद्याथीहरुलाई भने झुम , गुगल मिट ,टिम्स लगायतका एप्सबाट घर घरबाट नै विद्यार्थीलाई पढ्ने बाताबरण मिलाउने तयारी रहेको प्रिन्सीपल कोइरालला बताउनुभयो
यता विराटनगर रगेली रोडमा रहेको मेरील्याण्ड कलेजभने कक्षा ११ को पढाई सुरु गरिसकेको छ । कलेजमा अहिले सम्म भर्ना भएका विद्यार्थीहरुलाई अनलाईन कक्षा सुरु गरेको कलेजले जनाएको छ । कलेजका शिक्षकहरु कक्षा कोठामा रहेको ल्यापटमको माध्यमद्धारा विद्यार्थीहरुलाई पढाउदै आएका छन् । यसैगरी कक्षा १२ को पढाई पनि यस अघिदेखी नै सुरुवात गरीसकेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

विराटनगरमा करिव डेढ दर्जन कलेज रहेकाछन् । कोरोना कहरका कारण यसपटक भने विगतको जस्तो विद्यार्थीहरुको सहभागिता खासै देखिएको छैन । यद्यपी कलेजहरुले अनलाईन भर्ना गरेर अनलाईनबाटै विद्यार्थीहरु पढाउने तयारीमा छन् ।े यो विधीबाट पढाई गर्दा विद्यार्थीहरुमा कतिको प्रभावकारी हुन्छ त्यो भने हेर्नबाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्