यामाहाको रे जेडआर १२५ एफआई बजारमा

यामाहाको रे जेडआर १२५ एफआई बजारमा

विराटनगर । यामाहाले रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरेको दाबी गरेको हो ।
नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको जनाइएको छ । यो कार्यक्रम १ लाखभन्दा बढीले हेरेको कम्पनीको दाबी छ ।


कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रूपमा हेर्ने एकजना भाग्यशाली विजेताको नामसमेत घोषणा गरिएको थियो । करिब ५० हजार जनाले लाइभ गर्न यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ ।

एमएडब्लू यामाहा टू ह्विलर डिभिजनका सिइओ चिरञ्जीवी शाहले अडियन्स एक्सपिरियन्सलाई नयाँ उचाइमा पु¥याउन सफल भएकोमा खुसी लागेको बताए । यसले ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । साथै, यसको माइलेज पनि सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटर रहेको छ ।

अन्य फिचरहरू पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ ।’ यसमा १२५ सिसीको बिएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्