मोरङ कारगारमा संक्रमितको मृत्यु, क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा जोखिम बढ्दै

प्रेम देवान
विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टिसँगै कारागारमा रहेका अन्य कैन्दी बन्दीमा जोखिम बढेको छ । त्यसैगरी अर्का एक कैदीबन्दीमा पनि कोरोना पोजेटिभ देखिएपछि थप कारागारमा रहेका बन्दीमा जोखिम बढ्ने देखिएको हो ।
सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गर्न ल्याउदै गर्दा बुधबार राति मृत्यु भएको कोशी अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको अस्पातलले जनाएको छ ।

४ दिनसम्म आकस्मिक कक्षमा कोरोना संक्रमित
त्यसैगरी कोशी अस्पताललको आकस्मिक कक्षमा उपचार गर्न ल्याएका एक कैदी बन्दीमा समेत कोरोना पाजेटिभ देखिएको छ । गत आईतबार कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई पिसाब समस्या देखिएपछि कारागारबाट कोशी अस्पताललको आकस्मिक कक्षमा उपचार गराउन लगिएको थियो । उनी आईतबारदेखी आकस्मिक कक्षमा नै उपचारर्थ थिए । उनको सोमबार पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परीक्षणको दुईदिन पछि कोरोना पाजेटिभ आएको थियो । उनको रिर्पोट आउन्जेल आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरुले उपचार गरिरहेका थिए । उनी आकस्मिक कक्षको एक नम्बर बेडमा बसेका थिए । ४ दिन सम्म आकस्मिक कक्षमा उपचार गराउदा उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ सर्न सक्ने जोखिम देखिएको छ । तर अस्पतालले तत्काल आकस्मिक कक्षमा रहेका सबै विरामीलाई अन्य स्थानमा सारेर आकस्मिक कक्षलाई फ्युमिगेशन गरेको छ । साथै उक्त विरामीसँग कन्यट्कमा रहेका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखेर पिसीआर चेक गर्ने डां लक्ष्मी नारायाण यादवले बताउनुभयो । कारागारमा रहेका विरामी प्राय कोशी अस्पताल मा नै उपचारको लागी जाने गरेका छन् । कारागारमा रहेका एक जनाको मृत्यु र अर्का एक जनामा कोरोना पोजेटिभ देखिएपछि थप जोखिम बढेको हुनाले त्यहाँ रहेका अन्य कैदीबन्दीको पनि पिसिआर परीक्षण गरिनुपर्ने डा यादव बताउनुहुन्छ ।

१सय ३० जना कैदीबन्दीको तत्काल पिसिआर गर्ने
मोरङ कारागारका ११ कैदीको पिसिआर चेक गर्दा २ जनामा कोरोना पोजेििटभ देखिएको जस मध्ये एक जनाको मृत्यु र एक जनालाई कोभिड उपचार केन्द्रमा उपचार गराइरहेको मोरङ कारागार प्रमुख सभाष कुमार लामीछानेले जानकारी दिनुभयो ।
कैन्दीबन्दीमा कोरोना देखिन थालेपछि थप जोखिम नबढोस भनेर २ जनासँग बसेका १३० जनाको तत्काल पिसिआर चेक गर्ने कारागार प्रमुख लामीछानेले बताउनुभयो ।
कैन्दीबन्दी सधैभरी भित्र रहेका हुन्छन् । तर पनि कैन्दीबन्दीमा कसरी कोरोना संक्रमण देखिएयो त भन्ने विषयमा कारागार आफै पनि अन्यौलमा छ । तर पनि भित्र रहेका कैन्दीबन्दीमा बाहिरबाट खानेकुरा लैजादा कोरोना सर्न सकेको हुन सक्ने कारागार प्रमुख लामीछानेको आशका छ ।
हाल कारागारमा ९ सय २२ जनाले कैदीबन्दी जिवन विताइरहेका छन् । जस मध्ये ८ सय ४१ जना पुरुष र ८१ जनामा महिला रहेका छन् । कारागारमा पनि कोरोना देखिएपछि थप जोखिम बढेको छ यसका लागी तत्काल २ जनामा कोरोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याकमा रहेका कैन्दीबन्दीहरुको पनि पिसिआर चेकजाँच गरी छुटै आइसोलेशनको तयारी गर्नु आवश्यक छ । अन्यथा क्षमता भन्दा बढी रहेको कारागारमा अन्य कैन्दीबन्दीमा पनि कोरोना संक्रमण बढ्न सक्ने ठूलो चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्