पायोनियर मोटोकर्पले ल्यायो ‘न्यू रेडी गो’ कार

पायोनियर मोटोकर्पले ल्यायो ‘न्यू रेडी गो’ कार

विराटनगर । पायोनियर मोटोकर्प प्रालि विराटनगरले ‘न्यू रेडी गो’ कार बजारमा ल्याएको छ । विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले नयाँ कार सार्वजनिक गरेको हो ।

बजारमा आएको नयाँ कारको मोडेलमा जापानिज इन्जिन रहेको छ । जसले गर्दा ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतयाः रेडी गो कारमा इन्टालिजेन्ट स्मार्ट अटो टेक्नोलोजीको न्यून इन्धन सञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन रहेको बताइएको छ ।

फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको कारमा ड्राइभिङ्ग अनुभवलाई थप रोमाञ्चक बनाउने दावी कम्पनीको छ । नयाँ रेडी गो दुई वटा भेरियन्टमा उपलब्ध छ । यी मोडेलमा नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ्ग, एसीका साथ उपलब्ध छन् । यो कार ६ कलरमा रहेको छ । सिल्भर, ग्रे, रुवी, सेता, रातो, र ब्राउन रङमा उपलब्ध छन् ।

न्यू रेडी गो कारको बजार मूल्य २३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । दशैंलाई लक्षित गरि नयाँ कार बजारमा ल्याएकोले छुट योजना रहेको पायोनियर मोटोकर्प प्रालि विराटनगरका शाखा प्रमुख अमित अग्रवालले जानकारी दिनुभयो ।

शोरुमबाट ५० वटा रेडी गो कार विक्री गर्दासम्म १ लाख ५० हजार रुपैयाँ छुट रहेको अग्रवालले जानकारी दिनुभयो । कारले प्रतिलिटर २१.७ किलोमिटर माइलेज दिने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्