विराटनगरको सेन्ट्रल बजारमा दशैं लक्षित अफर

विराटनगरको सेन्ट्रल बजारमा दशैं लक्षित अफर

विराटनगर । विराटनगरको सेन्ट्रल बजारले दशैंलक्षित अफर ल्याएको छ । यसपालीका चाड सेन्ट्रल बजारको साथ भन्ने मुल उदेस्य सहित आफ्ना ग्राहकरुका लागी विभिन्न अफर ल्याएको छ । दशै अफर अन्तर्गत ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा आकर्षक छुटको योजना ल्याएको छ ।


दसैं, तिहार तथा छठ पर्वको अवसरमा १ कार्तिकदेखि ९ सय ९९ भन्दा माथिको खरिदमा आकर्षक छुट दिने सेन्ट्रल बजारका मार्केटिङ मेनेजर ओम घिमिरेले जानकारी दिए ।
गार्मेन्ट, जुत्ता, झोला र घडी किन्दा दश प्रतिशत क्यास भौचरको सुविधा रहेको घिमिरेले बताए । उनका अनुसार बच्चाका खेलौनामा पनि दश प्रतिशत छुट पाइने छ । चिनी, चना, नुन, सनफ्लावर तेल, घैला तोरीको तेल, विकाजी भुजियालगायत खाद्यान्न सामग्री पनि सस्तोमा पाइने उनले बताए । विराटनगर बजारमा चिनीको मूल्य ७० रुपैयाँभन्दा बढी छ ।

चाडपर्व लक्षित योजना ल्याएको सेन्ट्रल बजारले चिनी प्रतिकिलो ५९ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । दशै तिहार अफर योजनामा नुन १५, चना ९८ रुपैयाँ प्रतिकिलो पाइने बताइएको छ । बाबा सनफ्लावर तेल एक लिटरको १५९, घैला तोरीको तेल १९९ र भुजिनया ९०० ग्रामको २७५ रुपैयाँमा पाइने छ । त्यसैगरी डीडीसीको घ्यू प्रतिकिलो ८४९ र मुसुरीको दाल ११० प्रतिकिलो पर्ने घिमिरेले जानकारी दिए । दैनिक उपभोग्य बस्तु आलु र प्याज पनि न्यूनतम मूल्यमा बिक्री गर्ने बजारले जनाएको छ । चाड पर्वलक्षित अफर कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्