विराटनगरका गायक नितिन गजुरेलको चुपचाप बदलियो ( म्युजिक भिडियो)

विराटनगर । विराटनगरका गायक आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल नितिन गजुरेलको आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल गीतमा शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको नै रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका छन् । उक्त म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो । गजुरेलले अहिले सम्म आदा दर्जन भन्दा बढी म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्