भारतीय पत्रकार अर्नब गोस्वामी १४ दिन न्यायीक हिरासतमा

भारतीय पत्रकार अर्नब गोस्वामी १४ दिन न्यायीक हिरासतमा

मुम्बई । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।

गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।


रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।
सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्