विराटनगरमा दशैंको बेला सुनदेखी नुनसम्म चोरी (भिडियो रिर्पोट)

प्रेम देवान
विराटनगर । विराटनगरमा दशैंको समयमा सुनदेखी नुनसम्मका सामाग्री चोरी भएका छन् । मोरङ प्रहरीले चाडपर्वं लक्षित सुरक्षा योजना अगाडी बढाईरहेको भएपनि घरमा कोहि नभएको मौका छोपेर चोरीका घटना भएका हुन् ।
विशेष गरी दशैंको बेला घरमा ताल्चा लगाएर आफन्तकोमा टिका लगाउन गएको समयमा र डेरामा बस्ने परिवारका अधिकास घरमा चोरी भएको घटनाहरु धेरै देखिएका छन् ।

चोरहरुको समुहले विराटनगर १२ कोशी प्रोजेक्ट पश्चिम मोहन कुमार श्रेष्ठको घरमा डेरा लिई बस्दै आएका दिपेन्द्र कुमार लगरवार र धमेन्द्र कुमार लगरवारको डेरामा चोरी गरेका छन् । घरमा लगाइएको ताल्चा फोडेर जिन्सी सामान चोरी गरेका हुन् । सप्तरी घर भएका लगरवार परिवार दशैको फुलपातीको दिन घरमा ताल्चा लगाएर गएका थिए । घरमा लगाइएको ताल्चा फोडेर खाना पकाउने ग्यासदेखी फ्रिज र भान्सा कोठाका सामाग्रीहरु चोरी गरिएको दिपेन्द्रका भाई ज्ञानेन्द्र लगरवारले बताए ।

लगरवार बस्ने घरको मेन गेटमा ताल्चा लगाइएको थियो । चोरहरुले घरको पर्खालको बाटो प्रयोग गरेर घर भित्रका पानी जडान गर्ने मटरदेखी भान्सा कोठाका सामाग्री चोरी गरेको पीडित परिवारले बताएका छन् । चोरी भएको घटना बारे थाहा पाएपछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले गएर अनुसन्धान गरेको थियो ।

यसैबीच विराटनगर ३ स्थित लोकसेवा प्रदेश कार्यालय छेउमा तिलक बहादुर थापाको सुन चोरी भएको छ । उता विराटनगर २ स्थित अजय कुमार मल्लिकको घरमा पनि तोडफोड गरेर सामान चोरी गरिएको छ । मल्लिकका परिवार ससुराली जाने क्रममा घरमा कोही नभएको मौका छोपी चोरहरुको समुहले घरको दराज तोडफोड गरेर सामान चोरी गरेका हुन् ।

विराटनगर १० स्थित तीनटोलीयाका श्रीकृष्ण पौद्धारको घरमा २० हजार नगद सहित साईकल र सामसुङ कम्पनीको मोवाईल चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा मात्रै कातिक १ गते यता ५ वटा घरमा चोरी भएका छन् भने १३ वटा मोटरसाईकल र ३१ वटा मोवाईल चोरी भएको मोरङ प्रहरी प्रवक्ता (डिएसपी )मान बहादुर राईले जानकारी दिनुभयो ।

चाडपर्वको बेला मोरङ प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै विशेष प्रहरी परिचालन गरेता पनि चोरीका केही घटना भएका छन् । अझै पनि तिहार र छठ पर्वको बेला चोरीका घटना थप हुन नदिनको लागी सम्भावित स्थानहरुमा आजैबाट थप प्रहरी परिचालन गरिने डिएसपी राईले बताउनुभयो ।

चोरीका घटना बढ्नु मुख्य दोषी तपाई हामी पनि देखिन्छौ । कहिले काँही तपाई हामीले फेसबुकमा लगाएको तस्वीरहरुले पनि चोरीको घटना बढ्न मद्दत पुर्यारहेको हुन्छ । फेसबुकमा सपपरिवार सहित भन्दै फलाना ठाँउ भनेर राखिएका तस्वीरहरुले कहिलेकाँही सुरक्षाको निम्ती चुनौति देखिन सक्ने प्रहरीको अध्ययनले देखाएको छ ।
पक्कै पनि प्रहरीले भनिरहेको कुरा कहिलेकाही हामीले अटेर गरिरहदाँ यस्ता खालका घटनाले प्रसय पाईरहेका हुन्छन् । अनि चोरी भयो भन्दै हामी प्रहरी कहाँ हारगुहार माग्दै पुग्छौ अनि प्रहरी माथी नै प्रहरीले वास्तै गरेन प्रस्न तेर्साईरहेका हुन्छौ । हो चोरीको घटना हुन नदिन स्वयम तपाई हामी पनि जिम्मेवारी बन्न सिक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्