विराटनगरमा प्लाज्मा थेरापीका आवश्यक रगत संकलन सुरु (भिडियो सहित)

विराटनगर । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला प्लाज्मा थेरापी पद्धती उपचारको लागी आवश्यक पर्ने रगत संकलन सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत १८ जना प्रहरीले शनिबार कार्यालय परिसरमा प्लाज्मा डोनेसन गरेका हुन् । कोरोना संक्रमित भई निको भएर ४० दिन नकटेका प्रहरीबाट रक्तदानका लागि जिल्ला प्रहरी कार्यालयले अगुवाई गरेको हो ।

कोरोना संक्रमित विरामीका लागी अति आवश्यक पर्ने प्लाज्माले गर्दा कसैको ज्यान बचाउनको लागी सहयोग पुगोस भन्ने उद्देश्यसहित कोरोना संक्रमित भई निको भएका प्रहरीको प्लाज्मा डोनेट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काले नागरिकको जीवन रक्षाका लागि प्रहरीको भूमिका बढाउन पनि यस्तो कार्यक्रम राखिएको बताउनुभयो ।

मोरङ प्रहरी प्रवक्ता मान बहादुर राईले कोरोन संक्रमितको उपचारमा थप टेवा मिलोस भन्दै जिल्ला प्रहरी कार्यालयबाट सुरुवात गरिएको बताउनुभयो । उहाँले संक्रमित भई निको भईसकेका सबै नागरिकलाई अन्य नागरिकको जीवन रक्षका लागि सहयोगी बनिदिन अपिल समेत गर्नु भएको छ ।

प्लाज्मा डोनेशनको लागि समन्यवको भूमिका निर्वाह गरिरहनु भएका सामाजिक अभियान्ता पेरिस सुवेदीले कोरोना कहरको बेला नेपाल प्रहरीबाट सुरु भएको यो अभियानलाई अझै व्यापक बनाउँदै लैजाने बताउनुभयो । यो अभियानलाई अन्य संघ सस्था तथा व्यक्तिहरुले यसलाई अगाडी बढाउनुपर्ने देखियो, सुवेदीले भन्नुभयो–नागरिकले नागरिककै जीवन रक्षा गर्नु नै धर्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्