विराटनगर १९ मा सडक निर्माण कमसल भएपछि स्थानीयले रोकिदिए (भिडियाे अपडेट)

विराटनगर । विराटनगर १९ खवास टोलमा निर्माणाधिन अवस्थामा रहेको सडकको रिटेनिङ वालमा मापदण्ड विपरितको निर्माण सामाग्री प्रयोग भएको भेटिएपछि स्थानीयले बिचैमा काम रोकेका छन् ।
वडा अध्यक्ष कै आफन्त रहेको उपभोक्ता समितिमार्फत निर्माणधिन सडकको ‘रिटेनिङ्ङ वाल’ निर्माण गर्दा गुणस्तरहिन सिमेन्ट प्रयोग भएको पाइएपछि स्थानीयले आइतबारदेखि काम रोकेका हुन् ।

खवासटोल पैनीदेखि पश्चिम हुदै विराटनगर– १९ नंं. वडा कार्यालय जोड्ने सडकको दुवैतर्फको रिटेनिङ्ग वाल निर्माणको काम उपभोक्ता समितिमार्फत भईरहेको छ ।  विराटनगर महानगरपालिको ३१ लाख ६७ हजार ४१३ रूपैयाँ र उपभोक्ताको ५ लाख ५८ हजार ७९ रुपैयाँ गरि जम्मा ३७ लाख २५ हजार १९२ रूपैयाँ लागतमा २ सय ९८.५० मिटर सडकको रिटेनिङ्ग वाल निर्माण कार्य गुणस्तरहिन भेटिएको हो ।

स्थानीयको गुनासोपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहितको प्राविधिक टोलीले गरेको अनुगमनको क्रममा ‘इस्टिमेट’ भन्दा बाहिर गएर गुणस्तरहिन काम गरेको पाइएपछि तत्काल निर्माणमा रोक लगाएको हो ।
इस्टिमेट भन्दा बाहिर गएर कमसल सामाग्रीहरूको प्रयोग गरेको कारणले निर्माण भएको रिटेनिङ्ग वालको ढलाइ अहिले उप्किन थालेको विराटनगर १९ का स्थानिय अन्तविर खवासले बताए ।

इन्जिनियरले तयार गरेको इस्टिमेटमा ओपीसि सिमेन्टको प्रयोग गरिनुपर्ने उल्लेख छ । तर, यहाँ पिपिसि सेमेन्ट प्रयोग गरेको पाइएको हो ।
ओपीसि भन्दा १ सय देखि १ सय ५० रुपैयाँ प्रतिबोरा सस्तोमा पिपिसि सिमेन्ट पाइने भएकोले यसको प्रयोग गरेको पाइएको छ । यसैका कारणले गर्दा पनि ढलाइ उप्किन थालेको प्राविधिकको भनाई छ ।

उपभोक्ता समितिका अध्यक्ष रीता सरदार र विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारयण सरदारको मिलेमतोमा कमसल सामाग्री प्रयोग गरेको यहाँका स्थानियको आरोप छ । उपभोत्ता समितिका अध्यक्ष रीता र वडा अध्यक्ष आफन्त पर्ने स्थानियले बताएका छन् ।
उनीहरूले सस्तो मूल्यको सिमेन्टको प्रयोग र अन्य कमल निर्माण सामाग्रीहरू प्रयोग गरि कम लागतमा काम सकेर अनियमितता गर्ने योजना रहेको स्थानियको भनाई छ । अनुगमनको क्रममा इस्टिमेट भन्दा बाहिर गएर रिटेनिङ्ग वाल निर्माण भएको पाइएपछि तत्काल निर्माण कार्य रोक लगाएको विराटनगर महानगरपालिकाको शहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेलले बताए ।

४० फिटको सडकको दुवै तिर रिटेनिङ्ग वाल निर्माणको गत असार १२ गते सम्झौता भइ आउँदो फागुन मसान्तसम्म निर्माण कार्य पूरा गर्ने उद्देश्य अनुरूप अहिले काम भइरहेको छ ।
सडकको दुवै साइटको २९८।५० मिटर रिटेनिङ्ग वालको उचाइ ८० सेन्टिमिटरको निर्माण गरिनुपर्ने विराटनगर महानगरपालिकको जुनियर इन्जिनियर फागुराम राजवंशीले जानकारी दिए । उनका अनुसार ८० सेन्टिमिटर उचाइमा ४० सेन्टिमिटरमा १५ इन्चको चौडाइ र ४० इन्चमा १० इन्चको चौडाइ वाल निर्माण गरिनुपर्ने सम्झौतामा उल्लखेछ । विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दिर कार्कीले इस्टिमेट अनुसारको निर्माण सामाग्री अनुगमनको क्रममा नहालेको पाइएकोले कारवाहीको प्रक्रिया अगाडी बढाउने बताइन् ।
गुणस्तरहिन काम गर्नेलाई महानगरपालिकाले कारवाहीको दायरमा ल्याउने र विकास निर्माणमा गुणस्तरीय काम गर्न सबैलाई खवरदारी गर्न उपप्रमुख कार्कीले आग्रह पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्