अनलाइन औषधिको लागि विराटनगरमा : ‘नेपमेड्स’ उपभोक्ताको रोजाइमा पर्दै

अनलाइन औषधिको लागि विराटनगरमा : ‘नेपमेड्स’ उपभोक्ताको रोजाइमा पर्दै

विराटनगर । विराटनगरमा नेपाल कै प्रख्यात नेपमेड्स अनलाइन फर्मासी संचालनमा आएपछी घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ। कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको संचालक नागार्जुन श्रेष्ठले बताए ।

दैनिक बिराटनगर लगायत इटहरी , रंगेली , इनरुवासम्म अनलाइन मार्फतबाट औषधिको अर्डर गर्नेको संख्या बढ्दै गएको श्रेष्ठले बताए । बिराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर (९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित ूनेपमेड्सू संचालनमा ल्याइएको हो ।

नेपमेड्सबाट अनलाइन औषधि अर्डर गरेर घर मै ल्याइदिने सेवा सुचारु भएपछी समयको बचत भएको नेपमेड्स प्रयोगकर्ता निस्चाला चौलागाईंको अनुभव छ । हरेक औषधि सजिलै घरमै बसेर पाइने हुनाले नेपमेड्स पुर्वमा प्रभावकारी हुने उनको भनाइ छ ।

उनि जस्तै बिराटनगर लगायतका पुर्वका बिभिन्न शहरमा नेपमेड्सका अनलाइन औषधि लगायतको सामग्री खरिद गर्ने ग्राहकको संख्या बढेको संचालकको दाबी छ ।

नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुबिधा सहित संचालनमा आएको हो । साथै सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , टुइटर जस्ता सामाजिक संजालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गइ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने अर्का संचालक बिबेक दाहालले जानकरी दिए ।

१० हजार भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो । आफ्नो मोबाइलको एप स्टोर तथा प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट nepmeds.com.np बाट लिन सकिन्छ । नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा १० प्रतिशतको तथा अन्य स्वास्थ्य सामग्री हरुमा ३५% सम्मको छुट प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्