नेपालमा २ लाख २० हजार नाग्यो कोरोना संक्रमितको संख्या

नेपालमा  २ लाख २० हजार नाग्यो कोरोना संक्रमितको संख्या

विराटनगर । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्