विराटनगरका गायक सुरज बानियाको ‘देउ न माया देउ’ [भिडियो सहित]

विराटनगरका युवा गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा सजिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो हाइलाइट्स् नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोलाई विराटनगर कै सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक जतिन ताम्राकारले निर्देशन गरेका छन् ।

गीतमा दिनेश कोइराला र रोजिना कठायतलाई फिचरिङ गरिएको छ भने राज दासले संगीत भरेका छन् साथै म्युजिक भिडियोलाई निरज तिमल्सिनाको छायाँकन र सम्पादन गरेका छन् । पछिल्लो समय सामाजिक संञ्जाल टिकटकमा चर्चामा रहेको मोरङको पथरी स्थित सेल्फी रोडमा गीतको छायाकन गरिएको छ । त्यसैरी गीतलाई पुर्वका विभिन्न स्थानहरु झापा, मोरङ, सुनसरी लगायतका स्थानहरुमा छायाँकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्