मिलले दिलाउँछ श्रीमतीको सम्झना

मिलले दिलाउँछ श्रीमतीको सम्झना

एन्जु शिवाकोटी
बन्द गरिएको सटरलाइ भावुक हँुदै एक बृद्ध एकतमासले हेरिरहेका छन् । बन्द सटरको छेउमा लेखिएको थियो–मिलको सम्पूर्ण सामान बिक्रीमा छ ।
बृद्ध हुन्, रामगिलास साह । विराटनगर ठाकुरवाडी रोडमा रहेका त्यो सटर उनकै रहेछ । सटर पछाडीको घर अनि सटर भित्रकोे मिलका सामानहरु पनि उनकै रहेछ । बिक्रीमा रहेको त्यो मिल उनले ३८ बर्षदेखि चलाइरहेका थिए । अहिले किन बेच्न लागे ? जिज्ञासा लाग्यो, सोधेंः
एक महिना अघि कात्तिकमा उनको श्रीमतीको मृत्यु भयो । श्रीमतीसँगै हुँदादेखि सुरु गरि झण्डै ४ दशक सँगै चलाएको मिल श्रीमतीको मृत्यु भएदेखि उनले खोल्न सकेका छैन ।

मिलको हरेक सामानले उनलाई श्रीमतीसँग बिताएका समयको झझल्को दिन्छ । उनी भन्छन्, उसको यादले हरेक पल सताउँछ । रातभरी निदाउन दिदैन ।
उनी अहिले ७६ बर्षका भएछन् । उनी भन्दा एक वर्ष कान्छि श्रीमतीको कार्तिक १२ गते हृदयघातका कारण मृत्यु भएको रहेछ ।

 

उनका १ छोरा र २ छोरी छन् । सबै आफ्नो आफ्नो काममा व्यस्त छन् । ‘मलाइ मिल भाडामा दिएर अरु कसैलाई सञ्चालन गर भन्न पनि सक्दिन ।’ अब एक्ला परेका उनी भन्छन्, ‘उसले नै मिल चलाउने गर्थि । प्रायःजसो सधैं उ यस मिलमा नै हुन्थि । मलाई मिलको खटखट आवाजले पनि उसको याद दिलाउँछ । त्यसैले मिल बेच्न खोज्दै छु ।’

सानै उमेरमा विवाह गरेर ल्याएकी श्रीमतीले जीवनका हरेक सजिला, अफठ्यारा परिस्थितिमा साथ दिदंै आएकी थिइन् । कपाल फुलेर सेताम्य बने, गाला चाउरी परे एक अर्काको साथमा । अन्ततः उनकी श्रीमतीलाई हृदयघातले उनीबाट छुटाएर लग्यो । तर उनी भने त्यहि मिलको सटर बाहिर छुटेका छन्, बन्द सटर टोलाउँछन्, सायद अनेकौं पटक विगतको यात्रा गर्छन्...... स्मरणहरुको माध्यमबाट ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्